Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सनराइज बैंकको मुनाफामा वृद्धि

सनराइज बैंकको मुनाफामा वृद्धि

काठमाडौं, १० वैशाख । सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा ९४ करोड २१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक् वर्षको तुलनामा ९.८१ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासिकमा बैंकले ८५ करोठ ७९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा बैंकले निक्षेप र कर्जा प्रवाहलाई समेत वृद्धि गरेको छ । समिक्षा अवधिमा बैंकले ६५ अर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन गरि ५७ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले ५८ अर्ब ६ करोड निक्षेप संकलन गरि ५० अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

समिक्षा अवधिमा बैंकले खुद व्याज आम्दामीलाई बढाएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासिकमा बैंकले १ अर्ब ६२ करोड रुपैयाँ खुद व्याज आम्दामी गरेकोमा चालु आर्थिक वर्षको समिक्षा अवधिमा १ अर्ब ९२ करोड रुपैयाँ खुद व्याज आम्दामी गरेको छ । यता समिक्षा अवधिमा बैंकको संचालन मुनाफामा भने केहि कमी आएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब १९ करोड रुपैयाँ संचालन मुनाफा गरेको बैंकले समिक्षा अवधिमा १ अर्ब १८ करोड रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ । बैंकले कुल निष्क्रिय कर्जालाई गत आर्थिक वर्षको तुलनमा ०.०५ प्रतिशतले घटाएर १.४५ प्रतिशतमा सिमित गराएको छ । गत आर्थिक वर्षमा बैंकको कुल निष्क्रिय कर्जा अनुपात १.५ प्रतिशत रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x