कुमारी बैंकले लिमिटेडको हकप्रद वैशाख २८ गतेबाट

काठमाडौं, १० वैशाख । कुमारी बैंकले लिमिटेडले वैशाख २८ गतेबाट १० बराबर २ कित्ता हकप्रद शेयरको बिक्री खुल्ला गर्ने भएको छ । बैंकले उक्त हकप्रद शेयरको बिक्री बन्द जेठ ३१ गते गर्ने जनाएको छ ।
कुमारी बैंकले एक सय रुपैयाँ अंकित मुल्य भएको १ अर्ब १९ करोड ३८ लाख ९९ हजार १५५ रुपैयाँ बराबरको १ करोड १९ लाख ३८ हजार ९९१.५५ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यस हकप्रदको पुँजीकरण पछि बैंकको चुक्ता पुँजी ७ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ । बैंकको हाल चुक्ता पुँजी ५ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउन बाँकी भएको ८५ करोड रुपैयाँ बोनस शेयरमार्फत समायोजन गरिने बैंकले जनाएको छ ।
बैंकले हकप्रद शेयरको लागि बिक्री प्रबन्धकमा एनआईविएल एस क्यापिटललाई नियुक्त गरिएको छ । सो हकप्रद शेयरको आवेदन बैंकको सम्वन्धित शाखाहरु, एनआईविएलको सम्बन्धित शाखाहरु र आस्वा प्रणालीमा आवद्ध सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुमार्फत दिन सकिने जनाइएको छ ।