Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

ठूलो कारोबार गर्ने बैंकमा राष्ट्र बैंकको निगरानी

ठूलो कारोबार गर्ने बैंकमा राष्ट्र बैंकको निगरानी

काठमाडौं, २२ माघ । नेपाल राष्ट्र बैंकले बैंकमा ठूलो कारोबार गर्नेहरुलाई निगरानीमा राख्ने भएको छ । कारोबारको स्रोत पहिचानका लागि नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको ६ महिने कारोबारको सुपरिवेक्षण गर्न लागेको हो ।

जसअन्तर्गत वाणिज्य बैंकहरुलाई केन्द्रीय बैंकले पत्रमार्फत जानकारी मागिसकेको छ ।

नेपाल राष्ट्र बैंकले एक पटकमा ७ लाखभन्दा बढी कारोबार हुनेहरुको सम्पत्ति स्रोतबारे २७ वटै बैंकहरुलाई जानकारी दिन भनेको छ । खासगरी सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको लागि यो अध्ययन गर्नुपरेको उसको भनाइ छ ।

राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले यसअघि पनि स्थलगत तथा गैरस्थलगत सुपरिवेक्षण गर्दै आएको छ । बुधबार बैंकहरुलाई पठाएको पत्रमा भनिएको छ, ‘बैंकबाट साउन १ देखि पुस ३० गतेसम्म भएको कारोबार उपलब्ध गराउनुहुन अनुरोध छ ।’

तथ्यांक उपलब्ध गराउँदा ७ लाख वा सोभन्दा बढी नगदमा भएका कारोबारको विवरण माग गरिएको छ । त्यसको लागि केन्द्रीय बैंकले ढाँचा नै पठाएको छ ।

ढाँचामा बैंकको खातावालाको नाम, खाता नम्बर, प्रयोग भएको डेबिट÷क्रेडिट कार्ड, कारोबार भएको रकम, कारोबार भएको मिति, कारोबार गर्ने÷गराउनेको विवरण र उल्लेख भएको कैफियत पठाउन भनिएको छ ।

नेपाल राष्ट्र बैंकले नियमित रुपमा यस प्रकारणको अनुगमन गरे पनि ७ लाख रुपैयाँ वा सोभन्दा माथिको सबै कारोबार माग गर्नुले नेपालको बैंक तथा वित्तीय संस्थामा भएको केही ठूलो कारोबार सरकारले नै शंकास्पद रुपमा हेरेको देखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x