Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेपाल बैंकको तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक, खुद मुनाफा आर्जन २ अर्ब ५६ करोड रुपैयाँ

नेपाल बैंकको तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक, खुद मुनाफा आर्जन २ अर्ब ५६ करोड रुपैयाँ

काठमाडौं, १० वैशाख । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमासिकको तुलना चालु आर्थिक वर्षको समिक्षा अवधिसम्म खुद मुनाफालाई २.०६ प्रतिशतले बढाएको छ । समिक्षा अवधिमा बैंकले २ अर्ब ५६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यस्तै गत आर्थिक वर्षको समिक्षा अवधिमा बैंकको खुद मुनाफा आर्जन २ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा बैंकले ९० अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरि ७९ अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको तुलनामा बैंकको समिक्षा अवधिमा कुल निष्क्रिय कर्जा अनुपात केहि बढेको छ । समिक्षा अवधिमा बैंकको कुल निष्क्रिय कर्जा अनुपात २.९१ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको सो अनुपात २.८५ प्रतिशत रहेको थियो ।

बैंकको हाल चुक्ता पुँजी ८ अर्ब ४ करोड रुपैयाँमा रिजर्भमा ५ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंकको प्रति शेयर आम्दामी ४२.५७ रुपैयाँ, प्रति शेयर नेटवर्थ १७४.३१ रुपैयाँ र मुल्य आम्दामी अनुपात ७.७५ गुणा रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x