Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

अर्थमन्त्रीले किन आर्थिक वृद्धिको लक्ष्य संसोधन गरेनन् ?

अर्थमन्त्रीले किन आर्थिक वृद्धिको लक्ष्य संसोधन गरेनन् ?

काठमाडौं, २८ माघ । अर्थमन्त्री जनार्दन शर्माले कोरोनाको प्रभाव कम हुँदै गएकाले चालु आर्थिक वर्ष २०७८/७९ मा राखेको आर्थिक वृद्धिको लक्ष्य हासिल हुने बताएका छन् । सोही कारण बजेटको अर्धवार्षिक मूल्याङ्कनमा उनले आर्थिक वृद्धिको लक्ष्यलाई संसोधन नै गरेनन् ।

सरकारले चालु आवमा सात प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य राखेको छ। तर विश्व बैंकले ३.९ प्रतिशतको लक्ष्य हासिल हुने प्रक्षेपण गरेको छन् । यति मात्र होइन सरकारी निकाय केन्द्रिय तथ्यांक विभागले नै पहिलो त्रैमासिकको आर्थिक कृयाकलापलाई मुल्यांकन गरेर ५ प्रतिशतको हाराहारीमा मात्र सिमित हुने जनाइ सकेको छ ।

कोरोना प्रभावले आर्थिक क्रियाकलाप प्रभावित भएको हुँदा त्यो लक्ष्य निकै महत्वाकांक्षी भएको अर्थशास्त्रीहरुले पनि बताउदै आएका छन् । तर अर्थमन्त्री जनर्दन शर्माले उक्त लक्ष्य संसोधनको कुनै आवश्यकता ठानेनन् ।

प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री शर्माले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको असर क्रमशः निस्तेज हुँदै गएको तथा आर्थिक क्रियाकलाप विस्तार भएकाले आर्थिक वृद्धिको लक्ष्य पूरा हुने दावी छाडेनन् । यतिमात्र होइन आसन्न वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनले थप १ प्रतिशत आर्थिक वृद्धि गराउने अनुमान छ ।

तर अर्थशास्त्री रामेश्वर खनालले सात प्रतिशत आर्थिक वृद्धि अब असम्भव भएको बताए । त्यस्तै अर्का अर्थशास्त्री शंकर अधिकारीले पनि कोरोनाको प्रभाव पूर्णरुपमा हटि नसकेको र सरकारले विकास खर्च गर्न नसक्दा वित्तीय प्रणालिमा तरलता अभाव कायमै रहेकाले सात प्रतिशतको लक्ष्य हासिल सहज नभएको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x