Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

महालक्ष्मी लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभा सम्पन्न

महालक्ष्मी लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं, २८ माघ । महालक्ष्मी लाइफ इन्स्यारेन्स कम्पनीको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको चौथो वार्षिक साधारणसभामा सहायक कम्पनी ल्याउन कार्यायोजना बनाउने सहमति भएको जनाएको छ ।

उक्त साधारणसभाले सरकारको कोरोना कोषमा जम्मा गरेको रकमको अनुमोदन गरेको छ । इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभाले सरकारको कोरोना कोषमा जम्मा गरेको ७ लाख ५० हजार रुपैयाँ खर्चको अनुमोदन गरेको हो ।

इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा बिहीबार कमलपोखरीमा सम्पन्न भएको छ । अध्यक्ष मनोरञ्जन रमण शर्माको अधयक्षतामा प्रधान कार्यालय परिसरमा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीवन बीमा क्षेत्रको अवस्था र समस्या बारे जानकारी गराएका थिए । अध्यक्ष मनोरञ्जन रमण शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको बर्तमान वित्तीय स्थिति र भावी कार्यक्रम सम्बन्धमा प्रकाश पारेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x