Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

विकासमा राजनीति नहुने विकासमन्त्री झाँक्रीको घोषणा

विकासमा राजनीति नहुने विकासमन्त्री झाँक्रीको घोषणा

काठमाडौं, ३ फागुन । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले विकास आयोजनामा गरिने राजनीतिको अन्त्य हुनुपर्ने बताएकी छन् ।

ललितपुरमा आयोजित नगर विकास कोषको ३४ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले विकास आयोजनाको नाममा हुने राजनीतिको अन्त्य हुनुपर्ने बताएकी हुन् ।

उनले प्राथमिकताको आधारमा आयोजना छनौट गर्नुपर्ने र असिमित आवश्यकताहरुलाई सिमित साधन, स्रोतले पुरा गर्ने परिपाटी बसाल्नुपर्ने बताइन् ।

विकास आयोजनाको नाममा मन्त्रीले सबै मान्छेलाई पैसा दिएर खुशी बनाउनुपर्ने अवस्थाले देशको विकास हुन नसक्ने बताइन् ।

‘विकास र आयोजनासँग राजनीति प्रत्यक्ष रुपले व्यक्ति आफ्नो हिरोइजमका लागि जोडिने परिपाटी अन्त्य नगर्दासम्म, प्राथमिकतामा आयोजनाहरु नबनाउँदासम्म, असिमित आवश्यकताहरुलाई सिमित साधन, स्रोतले पुरा गर्ने परिपाटीमा हामीले केही न केही कमिटमेन्ट नगरेसम्म यस्तै गिजोलिने राजनीति र हरेक पटक एउटा मन्त्रीले सबै मान्छेलाई पैसा दिएर खुशी बनाउनुपर्ने अवस्था हुँदासम्म हामी सही बाटो हिडेको हुँदैन ।

चाहे संघीयता ल्याउँ, चाहे वित्तिय हस्तान्तरण गरौँ । चाहे सरकार दिउँ., चाहे हरेक कुरा गरौँ । यो हुनसक्ने काम हुँदै होइन,’ उनले भनिन् ।

मन्त्री झाँक्रीले स्थानीय तहमा भइरहेको वित्तिय हस्तान्तरणको तालमेल मिले नमिलेको सम्बन्धमा बहस हुनु आवश्यक रहेको बताइन् ।

स्थानीय तहलाई पर्याप्त रुपमा वित्तिय हस्तान्तरण भएको उल्लेख गर्दै गाउँपालिका र नगरपालिकाहरुले आफैँलाई सरकारको रुपमा अभ्यास गरिरहेको बताइन् ।
‘आजको हिसाबले भन्ने हो भने तल वित्तिय हस्तान्तरण भएको छैन भन्न चाहीँ मिल्दैन । नेपालको आफ्नै प्रकृतिको यो संघीयताको मोडेलभित्र स्थानीय तहलाई पर्याप्त वित्तिय हस्तान्तरण भएको देखिन्छ ।

र नगरपालिका संघ, गाउँपालिका महासंघ, नगरपालिका महासंघहरुले आफुलाई सरकारको हिसाबले अभ्यासपनि गर्नुभाछ । प्रदेश त सातवटा सरकार छदैछ । यो गर्दैगर्दा हाम्रो वित्तिय हस्तान्तरण कमजोर भयो, अथवा भएन, अथवा हाम्रो डिमान्ड धेरै थियो अथवा हाम्रो सप्लाई थोरै भयो अथवा हाम्रो इन्भेष्टमेन्टमा यति ठुलो खाडल छ भन्ने कुराको बारेमा अब बहस हुन आवश्यक छ,’ उनले भनिन् ।

उनले आयोजना बाँडेर चुनाव जित्छु भन्ने मानसिकता त्याग्नुपर्ने बताइन् । आयोजनाहरु स्वचालित ढंगले छनौट हुने तथा आवश्यकता र प्राथमिकिकरणको आधारमा गर्ने प्रणालीको स्थापना गर्नु जरुरी रहेको बताइन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x