सेञ्चुरी कमर्सियल बैंकको नाफामा शतप्रतिशतले बृद्धि

काठमाडौं, ११ बैशाख । सेञ्चुरी कमर्सियल बैंकलिमिटेडले चालु आर्थिक वर्षको चैत्र मसान्त सम्ममा ६३ करोड रुपैयाँ खुदमुनाफा आर्जन गरेको छ । यो मुनाफा गत आर्थिक वर्षको सोही अवधीको तुलनामा १०३ प्रतिशतले बढी हो ।
त्यस्तै बैंकले चालु आर्थिक वर्षको चैत्र मसान्त सम्ममा ५२ अर्व रुपैयाँ निक्षेप संकलन गरी ५० अर्व रुपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेको छ । हाल बैंकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउण्टर र उपत्यकाबाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउण्टर साथै १० वटाशाखारहित बैकिंङ्ग गरी जम्मा एक सय ११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको जनाइएको छ ।