Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

सडक सञ्जालमा जोडिने भयो हुम्ला जिल्ला

सडक सञ्जालमा जोडिने भयो हुम्ला जिल्ला

काठमाडौं, १२ वैशाख । सडक सञ्जालमा जोडिन बाँकी कर्णाली प्रदेशको हुम्ला जिल्ला सडक सञ्जालबाट जोडिने भएको छ । बेलायतको अन्तर्राष्ट्रिय विकास मन्त्रालयको सहयोगमा सञ्चालित ग्रामीण पहुँच कार्यक्रम अन्तर्गत मुगु–हुम्ला लिंक रोड आयोजना संचालन गर्ने कार्यको सु्र्खेतमा मंगलबार आयोजित कार्यक्रममा घोषणा गरिएको हो । हुम्ला सडक सञ्जाल मार्फत कर्णाली प्रदेशका अन्य भागहरुसंग जोडिएको छैन । यो सडक निर्माणवाट हुम्ला जिल्ला कर्णाली लगायत देशका अन्य भागहरुसँग समेत जोडिने छ र यसले स्थानीयवासीको जीवनस्तरमा सुधार ल्याई जिल्लाको आर्थिक सम्भावना उजागर गर्नेछ ।
सो कार्यक्रममा बेलायतको अन्तर्राष्ट्रिय विकास मन्त्रालय का एशिया विभाग निर्देशक रिचर्ड मोन्त्गोमेरीले भने, ‘ग्रामीण पहुँच कार्यक्रम अन्तर्गतका सडकहरु स्थानीय जनताद्वारा निर्माण हुन्छन् र ती सडकहरुले स्थानीय पुरुष र महिलाद्वारा आफु र आफ्ना भावी संततिको सर्वाङ्गिण विकासका लागि गरिएको परिश्रमको प्रतिनिधित्व गर्दछन् ।’
सोहि कार्यक्रममा डिएफआइडी नेपाल प्रमुख रुरिक मार्सडेनले कर्णाली प्रदेशमा ग्रामीण पूर्वाधार, वित्तिय पहुंच, जलवायू परिवर्तन तथा जलविद्युत क्षेत्रमा सहयोग पुर्याइरहेको बताउँदै भविश्यमा कर्णाली प्रदेशको विकासका लागि सहकार्य गर्ने उल्लेख गरिन् ।
छायांनाथ रारा नगरपालिका र चंखेली गाऊँपालिका प्रमुखहरुले यो सडक निर्माण चांडै सम्पन्न गर्न सकिने र सडक निर्माणवाट स्थानीय यातायात लागतमा उल्लेख्यरुपमा कमि आई अर्थतन्त्रमा महत्वपुर्ण योगदान पुग्ने धारणा राखेका थिए ।
यो पूर्वाधार हुम्ला मुगुका जनताका लागि जीवनाधार हुने विश्वास गरिएको छ । आयोजना कार्यान्वयनको लागि ठेक्कापट्टा सम्वन्धि विस्तृत प्रावधानहरुको अन्तिम रुप दिने कार्य भैरहेको बताइएको छ । यस सडक आयोजनाले निर्माणको समयमा दैनिक अनुमानित १,००० देखि १,३०० मानिसहरुलाई रोजगारीको अवसर प्रदान गर्नेछ । जसमध्ये ३० देखि ४० प्रतिशतसम्म सम्म महिला हुनेछन्। यो अवसरका लागि श्रमिक (कामदार) छनौटको प्राथमिकता निर्धारण गर्दा पहिलो प्राथमिकतामा सडक कोरिडोरको आसपास वस्ने स्थानीय वासिन्दाहरु हुनेछन्, जहाँको लगभग आधा जनसंख्या गरिवीको रेखामुनि रहेको छ ।
उक्त सडक निर्माण गर्ने बेलायत अन्तर्राष्ट्रिय विकास मन्त्रालयको घोषणा कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र वहादुर शाही, कर्णाली प्रदेशका राज वहादुर शाही, कर्णाली प्रदेशका पूर्वाधार विकास मन्त्री खड्क वहादुर खत्री, हुम्ला जिल्ला समन्वय समितिका संयोजक दान वहादुर रावत, मुगु जिल्ला समन्वय समितिका संयोजक पूर्ण वहादुर रोकाया, छायांनाथ–रारा नगरपालिका प्रमूख हरि जङ्ग शाही, चंखेली गाउँपालिका प्रमुख धनलाल चौलागाँई र ग्रामीण पहुँच कार्यक्रमका कार्यक्रम संयोजक जीवन गुरागाँई, ग्रामिण पूर्वाधार विकास तथा कृषि सडक विभागको तर्फवाट सहभागी थिए ।
बेलायत सरकारको आर्थिक सहयोगमा सन् २००१ देखि संचालन भैरहेको ग्रामीण पहुँच कार्यक्रम हाल तेस्रो चरणमा संचालनमा छ । सन २०१३ मा शुरु भएको ग्रामीण पहुँच कार्यक्रम तेस्रो चरण मुख्यत मध्य पश्चिम तथा सुदुर पश्चिम नेपालका सवैभन्दा गरीव एवं दुर्गम जिल्लाहरुको गरिवी तथा अवसरहरुको अभावलाई सम्वोधन गर्न केन्द्रित रहेको छ । कार्यक्रमको मुख्य गतिविधिहरुमा ४ जिल्लाहरुमा (मुगु, हुम्ला, कालिकोट र बाजुरा) नया सडक निर्माण र १० जिल्लाहरुमा (जुम्ला र दैलेख सहित) स्थानीय सडकहरुको मर्मत सम्भारका लागि प्राविधिक सहयोग रहेको छ । ग्रामीण पहुँच कार्यक्रम तेश्रो चरणको को मुगु–हुम्ला लिंक रोडले मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकावाट हुम्ला जिल्लाको चंखेली गाउंपालिकाको देउली गाउंलाई जोड्नेछ । ६५ कि.मी. लामो यस मुगु हुम्ला लिंक सडकले प्रदेश न. ६ को नेपालको अत्यन्तै दुर्गम र पिछडिएको क्षेत्रको रुपमा रहेको कर्णालीक्षेत्रको परम्परागत व्यापारिक मार्ग (हुम्ला– मुगु–जुम्ला) लाई आर्थिक क्षेत्रको रुपमा विकास गर्ने आधार तय गर्नेछ ।
आयोजनाको कुल वजेट एक करोड ५५ लाख पाउण्ड (वेलायती मुद्रा) रहेको छ ।
मुगु हुम्ला लिंक सडक रेखाङ्कन आसपास जनघनत्व ज्यादै न्युन रहेको तथ्यलाई आत्मसाथ गर्दै सडक निर्माणलाई तिव्रता दिनका लागि आवश्यकता र औचित्यका आधारमा श्रममुलक र मेशिनमा आधारित दुवै विधिको प्रयोग गरिनेछ । सडक निर्माणका लागि विपन्न परिवारका मानिसहरुलाई परिचालन गरि रोजगारीको अवसर प्रदान गरिनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x