Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेपाल पूर्वाधार पत्रकार समाज गठन

नेपाल पूर्वाधार पत्रकार समाज गठन

काठमाडौं, २० फागुन । नेपाल पूर्वाधार पत्रकार समाज गठन भएको छ ।

जीवन बस्नेत (नयाँ पत्रिका)को अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरिएको हो । उपाध्यक्षमा सुनिता कार्की (अन्नपूर्ण पोष्ट), सचिवमा हिमाल लम्साल (नागरिक दैनिक), सहसचिवमा हिमा विक (अभियान दैनिक), कोषाध्यक्षमा दिनेश खड्का (बिजमाण्डू) रहेका छन् । त्यस्तै, सदस्यहरुमा बिमल खतिवडा (कान्तिपुर दैनिक), विनय बन्जरा (ग्यालेक्सी फोर के टिभी), दिपेन्द्र थापा (कारोबार दैनिक), निर्दोष घोरासाइने (हाम्रो अर्थ), प्रशन्न ढुङगाना (अर्थ टिभी), संचिता घिमिरे (राष्ट्रिय समाचार समिति) रहेका छन् । संस्था जिल्ला प्रशासन कार्यालय, काठमाडौमा दर्ता गरिएको छ ।

पूर्वाधार र विकास निर्माणका क्षेत्रमा क्रियाशील पत्रकारहरुलाइ संगठित गर्दै उनीहरुको क्षमता अभिवृद्धि गर्ने मुख्य उदेश्य राखेर संस्था दर्ता गरिएको हो । ‘पूर्वाधार क्षेत्रका सरोकारवाला, अनुभवी विज्ञ र अग्रजबाट सिक्ने र नयाँ र सिकारुहरुको दक्षता अभिवृद्धि गर्ने मञ्चको रुपमा संस्थालाई अघि बढाउने उदेश्य हो,’ ।

नेपाल पूर्वाधार पत्रकार समाजका अध्यक्ष बस्नेतले भने,’ विकास निर्माणका विभिन्न क्षेत्रहरु छन्, त्यससँग जोडिने विभिन्न पक्षसँग जानकारमार्फत पत्रकार साथीहरुको क्षमता अभिवृद्धि गर्ने प्रयत्न गरिनेछ ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x