Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

राष्ट्र बैंकले घटायो आन्तरिक रेमिट्यान्सको सीमा

राष्ट्र बैंकले घटायो आन्तरिक रेमिट्यान्सको सीमा

काठमाडौं, २० फागुन । राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्सको सीमा घटाएको छ । सीमा हुन्डी सर्भिसिङको आशंकामा घटाइयो थाहा भएको छ ।

पछिल्लो समय विदेशबाट हुन्डीबाट आउने रकम स्थानीयस्तरमा प्रसारका लागि रेमिट्यान्स कम्पनीहरु दुरूपयोग भएको हुनसक्ने बैंकको बुझाइ छ ।

नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै आन्तरिक रेमिट्यान्सको सीमा घटाएको जानकारी गराएको हो ।

नेपालभित्रै रेमिट्यान्स सेवा दिने कम्पनी वा उनीहरूका एजेन्ट मार्फत एक पटकमा एउटा व्यक्तिले पठाउने रकमको सीमा एक लाखबाट २५ हजार रुपैयाँमा झारिदिएको छ ।

रेमिट्यान्स सेवा दिनेगरी खुलेका कम्पनी, त्यस्ता कम्पनीका एजेन्ट वा सब एजेन्ट मार्फत कुनै व्यक्तिले एक दिनमा एक पटकमा १ लाख रुपैयाँसम्म पठाउन सकिन्थ्यो । तर केन्द्रीय बैंकले यो व्यवस्थालाई संसोधन गर्दै २५ हजार रुपैयाँसम्म मात्र पठाउनसक्ने व्यवस्था गरिदियो ।

राष्ट्र बैंकले एक लाखलाई २५ हजार रुपैयाँमा झारिदिएपछि सार्वजनिक आलोचना भइरहेको छ ।

राष्ट्र बैंकले भने अहिलेको निर्णय स्वभाविक भएको प्रष्ट पारेको छ । रेमिट्यान्स कम्पनीहरूले विशेषगरी विदेशबाट रेमिट्यान्स ल्याउनेगरि सञ्चालनमा आएका हुन्छन् । यस्ता कम्पनीले अन्तर्राष्ट्रिय रेमिट्यान्समै काम गर्ने र मुख्य जिम्मेवारी पनि त्यही भएकाले अहिलेको निर्णय गरिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए ।

राष्ट्र बैंकले विदेशबाट सिधै पठाएको पैसा यहाँ प्राप्त गर्नका लागि यो सीमा लागू नहुने बताएको छ। देशभित्रै एक ठाउँबाट अर्को ठाउँमा पैसा पठाउनका लागि अहिले बैंकिङ प्रणाली विस्तार भइसकेकाले रेमिट्यान्स सेवा अन्तर्राष्ट्रियमै केन्द्रित हुनुपर्ने भट्टको भनाइ छ ।
यसैबीच हुन्डी सर्भिसिङको चिन्ता रहेको जनाइएको छ । आन्तरिक रेमिट्यान्सको सीमा घटाउने निष्कर्षमा पुग्नुमा राष्ट्र बैंकको अर्को मुख्य चिन्ता भनेको हुन्डी सर्भिसिङ हो । राष्ट्र बैंकका अधिकारीहरुले यसमा खुलेर नबताएपनि यो निर्णयका पछाडिको मुख्य कारण नै यही हो ।

पछिल्लो समय विदेशबाट हुन्डीबाट आउने रकम स्थानीयस्तरमा प्रसारका लागि रेमिट्यान्स कम्पनीहरु दुरूपयोग भएको हुनसक्ने बैंकको बुझाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x