सुन आयातमा राष्ट्र बैंकको कडाई

काठमाडौं, २२ फागुन । नेपाल राष्ट्र बैंकले सुन आयातमा कडाई गरेको छ । राष्ट्र बैंकले आइतबार एक परिपत्र जारी गर्दै सुनमा कडाई गरेको जनाएको हो ।

राष्ट्र बैंकले अब दैनिक १० किलो मात्रै सुन आयात गर्न सकिने व्यवस्था गरेको हो । यसअघि दैनिक २० किलो आयात गर्न सकिने ब्यवस्था थियो ।

राष्ट्र बैंकले एकीकृत परिपत्र २०७८ को सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८ को दफा ४ ९क० लाई देहायबमोजिम संशोधन गरेको उल्लेख छ ।

पछिल्लो समय राष्ट्र बैंकले विभिन्न वस्तुको आयातमाा कडाई गरिरहेको छ । बिदेशी मुद्राको सञ्चिति घट्दै गएपछि राष्ट्र बैंक आयातित वस्तुमा कडाई गर्न बाध्य भइरहेको छ ।

केही सातादेखि सुुनको मूल्य पनि निरन्तर बढ्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *