Date

शुक्र, बैशाख २१, २०८१
Fri, May 3, 2024

धितोपत्र बजारको दिगो विकास र थप सुधारमा केन्द्रित हुनेछौं : बोर्ड अध्यक्ष हमाल

धितोपत्र बजारको दिगो विकास र थप सुधारमा केन्द्रित हुनेछौं : बोर्ड अध्यक्ष हमाल

काठमाडौं, २३ फागुन । नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष रमेश हमालले धितोपत्र बजारलाई थप व्यवस्थित, नियमित गर्दै आवश्यक सुधारमा जोड दिएका छन् । सोमवार बोर्डद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष हमालले पछिल्लो समय धितोपत्र बजारमा उल्लेख्य सुधार हुँदै गर्दा यसमा थप नीतिगत, प्रक्रियागत एवं कार्यगत थप सुधारको आवश्यकता रहेको बताए । बजारको दिगो विकासका लागि गर्नुपर्ने काममा आफ्नो कार्यकाल केन्द्रित रहने उनको भनाइ छ ।
हाल धितोपत्र बजारमा प्रयोगमा रहेको अनलाइन टे«डिङ प्रणाली टीएमएसमा समेत सुधार र स्तरोन्नतिको खाँचो औंल्याउँदै अध्यक्ष हमालले यसलाई थप व्यवस्थित गरिने बताएका छन् । यस्तै बजारमा बेलाबेला हुने गरेको भित्री कारोबार नियन्त्रणका लागि बोर्डले सक्रिय पहल लिने उनले बताए ।

पछिल्लो समय नेप्से र बोर्डबीच देखिएको समन्वयात्मक अन्तर कम गर्दै धितोपत्र बजारको विकासमा नतीजामुखी काम गर्ने प्रतिबद्धता समेत हमालले व्यक्त गरेका छन् । साथै ब्रोकरबाट लगानीकर्ताको हितविपरीत गतिविधि हुन नदिन बोर्ड लागिपर्ने उनको भनाइ छ ।

यसैगरी बोर्डलाई सबैका पायक पर्ने ठाउँमा सार्ने, कमोडिटी बजार सञ्चालन अघि बढाउने, बैंकहरु मर्जरमा जाँदा लामो समय रोकिने कारोबार निश्चित अवधिमा खुलाउने सम्बन्धमा आवश्यक निर्णय लिइने अध्यक्ष हमालले बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x