Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

पहिलो आर्थिक टेलिभिजन कार्यक्रम ‘अर्थको अर्थ’ ले मनायो रजत जयन्ती

पहिलो आर्थिक टेलिभिजन कार्यक्रम ‘अर्थको अर्थ’ ले मनायो रजत जयन्ती

काठमाडौं, १३ बैशाख । हरेक आइतबार बेलुँकी ९ ः ३० बजे नेपाल टेलिभिजनबाट प्रशारण हुने आर्थिक कार्यक्रम अर्थको अर्थले रजत जयन्ती मनाएको छ । रजत जयन्ती समारोहको अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले उद्घाटन गरे । सो अवसरमा अर्थको अर्थको उत्पादन संस्था आइबिएन मिडिया एन्ड रिसर्चले आगामी दिनमा मुलुकको आर्थिक मुद्धालाई अझ सशक्त ढंगले उठान गर्ने प्रतिवद्धता जनाइएको छ ।

रजत जयन्तीकै अवसरमा संघीयतामा बजेट व्यवस्थापन विषयक अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो । सो छलफलमा अर्थमन्त्री डा.खतिवडाले सरकारले सरोकारवाला निकायहरुसँग गरि संघीय बजेट निर्माण गर्ने बताए । निर्वाचन पश्चात संघीयता कार्यान्वयन भएपनि आगामी बजेट मार्फत मात्रै वित्तिय संघीयता कार्यान्वयन हुने बताए ।

त्यस्तै कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा र नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेरख गोल्छाले सरकारले मुलुकमा लगानीमैत्री वातावरण सृजना गनुपर्नेमा जोड दिए । अहिले पैसा भएर पनि असुरक्षाका कारण लगानी हुन नसकेको भन्दै उनीहरुले सरकारको ध्यानकार्षण गराए ।

सो अवसरमा वित्तिय संघीयता बिज्ञ डा.खिमलाल देवकोटाले संघीयतामा बजेट व्यवस्थापन विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले टिप्पणी गनरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x