Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

उम्मेदवारहरुलाई ०७४ कै खर्चको सीमा, व्यवहारिक नभएको गुनासो

उम्मेदवारहरुलाई ०७४ कै खर्चको सीमा,  व्यवहारिक नभएको गुनासो

काठमाडौं, १ चैत । निर्वाचन आयोगले आगामी वैशाख ३० गतेका लागि तय गरिएको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको खर्चको अधिकतम सीमा कायम गरिदिएको छ ।

जस्को सीमा यस प्रकार छ ।

१) महानगरपालिका मेयर–उपमेयर – ७ लाख ५० हजार रुपैयाँसम्म ।

२) उपमहानगरपालिका मेयर–उपमेयर – ५ लाख ५० हजार रुपैयाँसम्म ।

३) नगरपालिका मेयर–उपमेयर – ४ लाख ५० हजार रुपैयाँसम्म ।

४) गाउँपालिका अध्यक्ष–उपाध्यक्ष – ३ लाख ५० हजार रुपैयाँसम्म ।

५) महानगरपालिका वडाध्यक्ष–सदस्य– ३ लाख ५० हजार रुपैयाँसम्म ।

६) उपमहानगरपालिका वडाध्यक्ष–सदस्य– २ लाख ५० हजार रुपैयाँसम्म ।

७) नगरपालिका वडाध्यक्ष–सदस्य – २ लाख रुपैयाँसम्म ।

८) गाउँपालिका वडाध्यक्ष–सदस्य – १ लाख ५० हजार रुपैयाँसम्म ।

आयोगले यसपटक पनि २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा तोकेको खर्चको सीमालाई नै निरन्तरता दिएको छ । तर बढ्दो मंहगी लगायतका कारण आयोगले निर्धारण गरेको खर्चको सीमा व्यवहारिक नभएको पूर्व कार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले अर्थको अर्थसंग बताए। आयोगले तोकेको खर्चको सीमा समयानुकुल पुनर्विचार हुनुपर्ने उनको धारणा छ ।

यसो त आयोगले तोकेको निर्वाचन खर्च औपचारिकतामा मात्रै सिमित हुनेछ । निर्वाचनका बेला उम्मेदवार र दलहरुले आयोगले तोकेको खर्चको सीमाभन्दा कयौं गुणा बढी खर्च गर्दै आएका छन् । तर यस्को नियमन भने कसैले गर्ने गरेको छैन । सिमा तोकेको आयोगले पनि बढी खर्च गर्ने लाई आजसम्म कानुनी कारवाहीको दायरामा ल्याउन सकेको छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x