Date

मङ्ल, असार ११, २०८१
Tue, June 25, 2024

चैत महिनाको पहिलो दिन सुनचाँदीको मूल्य घट्यो

चैत महिनाको पहिलो दिन सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, १ चैत । महिनाको पहिलो कारोबार दिन मंगलबार सुन र चाँदीको मूल्य घटेको छ ।


छापावाला सुनमा प्रतितोला १८ सय र चाँदीमा प्रति तोला ३५ रुपैयाँले घटेको नेपाल सुनचाँदी महासंघले जानकारी गराएको हो ।

सोमबार छापावाला सुनको बजार मूल्य प्रति तोला १ लाख २ हजार ३ सय थियो भने मंगलबार प्रति तोला १ लाख ५ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी प्रति तोला १ हजार ४ सय १५ रुपैयाँ बाट घटेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले सार्वजानिक गरेको विवरणमा रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x