प्रमुख जिल्ला अधिकारीहरुको सरुवा

काठमाडौं, १३ वैशाख । गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरु सिडिओ को सरुवा गरेको छ । यस अघि चैत्र १४ गते सिडिओ खाली रहेका ६ जिल्लामा सिडीओ पठाएको थियो । बाम गठबन्धनको नयाँ सरकार निमार्ण भएपछि सिडियो सरुवा गरिएकोे यो पहिलो पटक हो ।

बाजुराका सिडिओ लुकबहादुर क्षेत्रीलाई सहायक सिडिओका रुपमा काठमाण्डौँ सरुवा गरीएको छ । यसैगरी कारागार व्यवस्थापन विभागका निर्देशक लिलाधर अधिकारीलाई म्याग्दी जिल्लाको सिडीओमा र कृष्ण प्रसाद अधिकारीलाई कारागार व्यवस्थापनमा सरुवा गरिएको छ । मुस्ताङका सिडिओ रामचन्द्र तिवारी विमानस्थल अध्यागमानमा पठाइएको छ भने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल पर्वत सरुवा भएका छन् । यसैगरी धनुषाका सिडियो रहेका शिशिर पौडेल मुस्ताङ सरुवा भएका छन् ।

को कहाँ सरुवा भए सुचि हेनुर्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *