Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

६ कम्पनीहरुको बोनस शेयर सुचिकृत

६ कम्पनीहरुको बोनस शेयर सुचिकृत

काठमाडौं, १३ वैशाख । नेपाल स्टक एक्सचेन्जमा आज ६ कम्पनीहरुको बोनस शेयर सुचिकृत भएका छन् । बोनस शेयर सुचिकृत हुने कम्पनीहरुमा नेपाल इन्भेष्टमेन्ट बैंक, माहुली सामुदायिक लघुवित्तीय संस्था, साल्ट ट्रेडिङ, गुडविल फाइनान्स, शिखर इन्स्योरेन्स र सप्तकोसी विकास बैंक रहेका छन् ।

विहिबार नेप्सेमा ६ कम्पनीहरुको १ अर्ब ७८ करोड ६६ लाख ७१ हजार १३५ रुपैयाँ बराबरको १ करोड ७८ लाख ६६ हजार ७११.३५ कित्ता बोनस शेयर सुचिकृत भएका हुन् । आज नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड ४० लाख ५२ हजार २०१.३५ कित्ता, माहुली सामुदायिकले २ लाख कित्ता, साल्ट ट्रेडिङले २ लाख ४५ हजार ९८७ कित्ता, गुडविल फाइनान्सले ७ लाख ४० हजार कित्ता, शिखर इन्स्योरेन्सको २३ लाख ९६ हजार ४२३ कित्ता र सप्तकोसी डेभलपमेन्ट बैंकको २ लाख ३२ हजार एक सय कित्ता बोनस शेयर सुचिकृत गराएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x