Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल मेडिसिटी (अश्विनी मेडिकल कलेज एण्ड हस्पिटल प्रा.लि.) बिच नगद रहित सेवा सम्झौता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल मेडिसिटी (अश्विनी मेडिकल कलेज एण्ड हस्पिटल प्रा.लि.) बिच नगद रहित सेवा सम्झौता

काठमाडौं, १३ वैशाख । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल मेडिसिटी हस्पिटल बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल मेडिसिटी हस्पिटलका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म नेपाल मेडिसिटी हस्पिटलबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ । सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले नेपाल मेडिसिटी हस्पिटलले कम्पनीसंगको सहकार्यमा कम्पनीका ग्राहक महानुभावहरुलाई बीमालेखमा तोकिएको सिमासम्म नगद रहित हस्पिटलाइजेसन सुविधा प्रदान गर्ने इच्छा व्यक्त गरी सम्झौता गरेको बताए । साथै सोही अवसरमा नेपाल मेडिसिटी हस्पिटलले आफना ग्राहकहरुलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसंग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसंग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसंग आवद्ध सदस्य महानुभावहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्नु हुने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x