Shangrila

नेप्से परिसूचक १७.९९ अंकले उकालो लाग्यो

काठमाडौं, ७ चैत । यस साताको दोस्रो कारोबार दिन सोमबार शेयरबजार उकालोे लागेको छ । यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक १७.९९ अंकले बढेर २६३४.५७ अंकमा पुगेको छ ।


सोमबार २३१ कम्पनीको ५१ लाख ८९ हजार रुपैयाँको शेयर किनबेच हुँदा २ अर्ब ५९ करोड २७ लाख १८ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको हो ।


ठुला कम्पनिको उपसूचक १.८८ अंकले बढेर ४६९.२६ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.३८ प्रतिशतले बढी हो ।


१३ समुहका कम्पनीको उपसूचक मध्ये ११ समुहका कम्पनीको कारोबार बढेको छ भने २ कम्पनीको घटेको छ । लाईफ इन्सुरेन्स कम्पनीको भने १६८.१ अंकले बढेर १४३८७.५६ अंकमा पुगेको छ । अन्य कम्पनीहरुको भने ४२.१३ अंकले घटेर २१७७.१४ अंकमा पुगेको नेपाल स्टक एक्सचेन्जले सार्वजनीक गरेको विवरणमा छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *