Date

बुध, असार २५, २०८२
Wed, July 9, 2025

गरिमा बैंक र पेमेन्ट सोलुशन बीच सम्झौतामा

गरिमा बैंक र पेमेन्ट सोलुशन  बीच सम्झौतामा

काठमाडौं, ९ चैत । नेपाल पेमेन्ट सोलुशनले डिजिटल इकोसिस्टम बिस्तार गर्दै गरिमा विकास बैंकसँग सहकार्यको लागि सम्झौता गरेको छ ।


नेपाल पेमेन्ट सोलुशन प्रा.लि को तर्फबाट प्रताप श्रेष्ठ, सी एक्स ओ र सिमन श्रेष्ठ, बिजनेश डेभलपमेन्ट मेनेजर तथा गरिमा विकास बैंकको तर्फबाट गोविन्द प्रसाद ढकाल, प्रमुख कार्यकारी आधिकृत र कमल प्रसाद अर्याल आइटी प्रमुख ले आ–आफ्ना्े संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।


यस सम्झौता अनुसार पेमेन्ट सोलुशनले सो बैंकसँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब, गरिमा विकास बैंकसँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुशनको फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउने बताइएको छ । नेपाल पेमेन्ट सोलुशनले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरु मार्फत उपलब्ध गराएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *