Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

महालक्ष्मी बैंकद्वारा विद्यालयलाई प्रतिक्षालय हस्तान्तरण

महालक्ष्मी बैंकद्वारा विद्यालयलाई प्रतिक्षालय हस्तान्तरण

काठमाडौं, ९ चैत । महालक्ष्मी विकास बैंक लिमिटेडको बझाङ शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत जालपा माध्मिक विद्यालयलाई प्रतिक्षालय निमार्ण गरेर हस्तान्तरण गरेको छ ।


जालपा माध्यमिक विद्यालयको प्राङ्गरणमा एक कार्यक्रम आयोजना गरी विद्यालयका प्रधानाध्यापक उत्तम बहादुर मल्ललाई प्रतिक्षालय निर्माण पछि हस्तान्तरण गरिएको कुरा यस बैंकको बझाङ शाखा प्रमुख हेम बोहराले जानकारी गराएका हुन । विद्यालयमा अध्ययनरत विद्यार्थिहरुलाई घाम पानीबाट बच्न सजिलोहोस् भन्ने उद्देश्यले बैंकले प्रतिक्षालय निर्माण गरेर हस्तान्तरण गरेको बताइएको छ ।

कार्यक्रममा बोल्दै विद्यालय प्रधानाध्यापक मल्लले विगत देखिनै बैंकले सामाजिक तथा आर्थिक रुपान्तरणमा विभिन्न कार्यक्रमहरु गरी उदाहरणिय कार्य गर्दै आएको भनी बैंकलाई धन्यवाद दिएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x