Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेप्से परिसूचक २०.३४ अंकले ओरालो लाग्यो

नेप्से परिसूचक २०.३४ अंकले ओरालो लाग्यो

काठमाडौं, ९ चैत । यस साताको चौथो कारोबार दिन बुधबार शेयरबजार ओरालोे लागेको छ । यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक २०.३४ अंकले घटेर २६३०.३६ अंकमा पुगेको छ ।


बुधबार २२६ कम्पनीको ३६ लाख ८५ हजार रुपैयाँको शेयर किनबेच हुँदा २ अर्ब ४६ करोड ३ लाख ५२ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको हो ।


ठुला कम्पनिको उपसूचक ४.२२ अंकले घटेर ४९५.११ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.८४ प्रतिशतले कम हो ।
१३ समुहका कम्पनीको उपसूचक मध्ये ११ समुहका कम्पनीको कारोबार घटेको छ भने २ समुहको बढेको छ । आपसि कोष समुह र व्यापारी समुहको भने बढेको छ । अन्य समुहहरुको भने घटेको छ । सबै भन्दा धेरै जीवन बीमा समुहको १२६.३१ अंकले घटेको नेपाल स्टक एक्सचेन्जले सार्वजनीक गरेको विवरणमा छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x