१४ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
काठमाडौं, १४ बैशाख । १४ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला आज देखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । देशभरीकै लघु, घरेलु तथा साना उद्योगहरुको राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पहुँच विस्तार गरि व्यापार वृद्धि गर्ने उद्धेश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले मेला आयोजना गरेको हो ।
मेलामा महिला उद्यमीहरुद्वारा उत्पादित गलैचा, राडीपाखी, उनी कपडाहरु, नेपाली हाते कागजका उत्पादन, परम्परागत हस्तकलाका सामानहरु, कृषि उत्पादन, बैकल्पिक नविकरणीय उर्जा, सुचना प्रविधीमा आधारित एक सय ८२ वटा स्टल रहेको छ । मेलामा नेपाल सहित भारत, बंलादेश र पाकिस्तानका उद्यमीहरुको पनि सहभागिता रहेको छ । ५ दिन चल्ने सो मेलाको करिब ५ लाखले अवलोकन गर्ने र ५ करोड भन्दा बढीको कारोबार हुने आयोजकले जनाएको छ ।
ग्रामिण दुर–दराजका नेपाली मौलीक उत्पादनहरुले प्रवद्र्धन मात्र नभई सामाजिक र साँस्कृतिक महत्वको संरक्षण र सम्बद्र्धनमा पनि सो मेलाले महत्वपुर्ण भुमिका खेल्ने विश्वास लिइएको छ ।