Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

एन.वाइ.इ.एफ.को मेची महाकाली मोटर ¥यालीे

एन.वाइ.इ.एफ.को मेची महाकाली मोटर ¥यालीे

काठमाडौं, ११ चैत । नेपाली युवा उद्यमी मञ्च (एन.वाइ.इ.एफ.)ले पहिलो पटक मेची महाकाली मोटर ¥यालीे यही २०२२ मार्च २४ देखि २८ सम्म आयोजना गरेको छ । उक्त मोटर ¥यालीको नारा “आन्तरिक पर्यटनको लागि सबैसँगैˮ रहेको छ । यस कार्यक्रमले आपसी भाइचारा र आन्तरिक पर्यटनमा सहयोग पुग्ने उद्देश्य राखिएको छ ।

विभिन्न च्याप्टरहरुबाट ९० भन्दा बढी सदस्य तथा युवा उद्यमीहरु यसमा सहभागी हुने बताइएको छ । नेपाल पर्यटन बोर्डका मुख्य कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले बोर्डको केन्द्रीय कार्यालयमा आज विहान १०ः०० बजे झण्डा हल्लाएर मोटर ¥यालीको उद्घाटन गरी सहभागी टीमलाई बिदाई गरेका थिए ।


मोटर ¥याली काठमाडौं, पोखरा, ललितपुरबाट सुरु भएर चितवनमा पुगेर जम्मा हुनेछ । त्यसैगरी विराटनगर, सुनसरी, जनकपुरबाट आएको टोली अमलेखगञ्जमा जम्मा हुनेछ र सम्बन्धित च्याप्टरहरु पनि आफूलाई पायक पर्ने स्थानबाट टिमसँग जोडिई अन्त्यमा सम्पूर्ण टिम बर्दिया पुग्ने र मार्च २९ मा यस मोटर ¥यालीको विधिवत समापन हुने आयोजक टिमले बताएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x