Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

महालक्ष्मी विकास बैंकका ग्राहकलाई अरिकलमा छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई अरिकलमा छुट

काठमाडौं, ११ चैत । महालक्ष्मी विकास बैंक लिमिटेड र अरिकल ईभेन्टस् प्रा. लि बीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौता पश्चात महाराजगञ्ज, नारायण गोपाल चोकमा अवस्थित अरिकल ईभेन्टस् प्रा. लि मा यस बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्ने ग्राहकहरुले विभिन्न खानाका परिकारहरुमा आर्कषक छुट प्राप्त गर्ने बैंकले जनाएको छ । सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको बताएको छ ।


यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु दिदै आएको बैंकले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *