Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

धरानमा तीन दिने इस्ट ट्रावल मार्ट सम्पन्न

धरानमा तीन दिने इस्ट ट्रावल मार्ट सम्पन्न

काठमाडौं, १५ चैत । प्रदेश नं. १ का पर्यटन व्यवसायीहरूको व्यवसायिक विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत–बजारका टुर अपरेटरहरूसँग व्यवसायिक सम्बन्ध स्थापित गर्न तथा यस प्रदेश वरपरका क्षेत्रहरुको पर्यटन गतिविधिहरुको अभिवृद्धि गर्न नेपाल पर्यटन बोर्ड र धरान उपमहानगरपालिकाको मूल आयोजना तथा प्रदेश नं १ का निजी क्षेत्रका व्यवसायीहरुको आयोजनामा सुनसरीको धरानमा चैत्र ११ देखि १३ गते सम्पन्न भएको छ ।


मुख्यमन्त्री राजेन्द्र कुमार राईले पब्लिक हाईस्कुल परिसरमा चैत्र ११ गते मार्टको विधिवत उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा धरान उपमहानरपालिकाका मेयर तिलक राईले धरान र यस वरपरका क्षेत्रहरुको पर्यटन प्रवद्र्धनका लागि मार्टको आयोजना गरिएको र यस मार्टले प्रदेश नं. १ लाई आतिथ्यताको क्षेत्रमा थप स्थापित गर्ने बताएका थिए ।


त्यसैगरी नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालको लागि भारत सबैभन्दा ठूलो बजार भएकोले बोर्डले भारतीय सिमावर्ती शहरहरुलाई लक्षित गरी त्यहाँका टुर अपरेटहरुलाई मार्टमा आमन्त्रण गरेको बताएका थिए । उक्त दिन भारतीय साइकल एसोशियसनका करिब १५ जना साइकल यात्रीहरु बिहारको पुर्णियाबाट धरानसम्म साइकल यात्रा गरी मार्टमा सहभागी भएका समेत बताइएको छ ।
पूर्वी नेपाल क्षेत्रको पर्यटन प्रवद्र्धन गरी भारतीय बजारमा बजारीकरण गर्न भारतीय सिमावर्ती शहर सिलिगुढी, सिक्किम, आसाम, पुर्णिया, दरबङ्गा, जोगबनीबाट करिब १०० जना टुर अपरेटर र सञ्चारकर्मीहरुलाई मार्टमा सहभागी गराई स्थानीय टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाहरु बीच व्यवसायिक छलफल गराईएको आयोजकले बताएको छ ।


मार्टमा सहभागी भारतका टुर अपरेटर तथा मिडियाकर्मीहरुलाई मार्टको दोस्रो दिन धरान वरपरका धार्मिक गन्तव्यहरु अवलोकन गराईएको थियो । उक्त कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले भारतीय टुर अपरेटहरुको परिचयात्मक भ्रमणबाट प्राप्त अनुभवको आधारमा भारतीय बजारमा यस क्षेत्रको भ्रमण प्याकेजहरु बिक्री गर्न सहज हुने धारणा राखेका थिए ।


अन्तिम दिन समारोहमा मार्टमा सहभागी भारतीय अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने नेपालका सहभागीहरुलाई प्रमाणपत्र सहित मायाको चिनो प्रदान गरिएको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x