Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

विद्युत संकटबारे संघ, परिसंघ र संगठनको संयुक्त प्रेस विज्ञप्ति

विद्युत संकटबारे संघ, परिसंघ र संगठनको संयुक्त प्रेस विज्ञप्ति

काठमाडौं, १५ चैत । विद्युत संकटका सम्वन्धमा उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघले उद्योगहरुको निर्वाध संचालनमा अत्यावश्क रहेको विद्युतको नियमित आपूर्ति गर्नु पर्नेमा भारतबाट विद्युत खरिदका लागि दैनिक हुने खरिद वोलकवोलमा महंगो दररेट प्रस्ताव गर्दा समेत विद्युत नपाएको भनि प्राधिकारणले औद्योगिक क्षेत्रहरुमा गत हप्ता देखि १४ घण्टासम्म यस क्षेत्रमा अघोषित रुपमा लोडसेडिङ गरिएको प्रति प्रेस विज्ञप्ति
निकालेका छन ।

गत २ वर्ष देखि कोभिडको महामारीबाट थला परेका उद्योग व्यवसाय क्षेत्रले केही महिनायता भोग्नु परेको वित्तीय संकट तथा वढदो व्याजदरले मरणासन्न पु¥याएको अवस्थामा १४ घण्टा सम्म गरिएको लोडसेडिङले उद्योग करकारखाना चलाउनै नसक्ने अवस्था सिर्जना भएको र यो अवस्थामा सम्वन्धित निकाय गम्भीर भई तत्काल विद्युत आपूर्ति सूचारु नगर्ने हो भने सम्पूर्ण उद्योगहरु वन्द गर्न वाध्य हुने र यसबाट सिर्जना हुने थप भयावह अवस्था तर्फ गम्भीर हुन सम्वन्धित पक्षलाई समयमै सचेत हुन आग्रह गरेका छन ।

पछिल्लो समयमा प्रायः दैनिक जसो सरकार तथा प्राधिकरणका जिम्मेवार पदाधिकारीहरुबाट उद्योग मै पुगेर चाहिएजति विद्युत दिन्छौं भन्दै लगानी बढाउन प्रेरित गरिरहेको तर आज आएर एक्कासी मुल्य वृद्धि भयो विद्युत आयात गर्न सकिएन भन्नु हाम्रो उर्जाको वास्तविक अवस्थाका वारेमा आमजनतालाई गुमराहमा राखेको विज्ञप्तिमा उल्लेख छं । बेलुकाको ११ः५९ मिनेट जादासम्म विद्युत निर्यात गर्ने अवस्था रहेकोमा १२ वजे देखि पछि एक्कासी युट्रर्न भई विद्युत संकटको अवस्था सिर्जना भएको जनाई विद्यत आपूर्ति वन्द गरिनु जस्तो गैरजिम्मेवारी विषयमा सरकारको जवाफदेहिता खोजेका समेत उल्लेख छ ।

त्यसैगरी गएको हप्ता मात्रै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकज्यूले जुनसुकै मूल्यमा भएपनि उद्योग व्यवसाय क्षेत्रलाई विद्युत उपलब्ध गराउने, लोडसेडिङ नगर्ने भनि दिएको आवश्वासन दिएका थिए । विश्वव्यापिरुपमा बढिरहेको मुल्यबृद्धि तथा भारतमा नै चरम उर्जा संकटभई अप्रत्यासित मूल्य बृद्धि हुदा नेपालले खरिद गरिरहेको मूल्यमा बिड नपर्दा क्षणिक संकट भएको तर नेपाल विद्युत प्राधिकरणले जुनसुकै मूल्यमा पनि खरिद गरि औद्योगिक क्षेत्रमा उर्जा अभाव हुन नदिने र लोडसेडिङ नगर्ने प्रतिवद्धता जनाएपनि दुई दिन मै फेरी १२ घण्टा विद्युत कटौति गर्ने कार्यले भनाई र गराईमा फरक गरेकोमा जिम्मेवार पदाधिकारीको विश्वनियतामा प्रश्न चिन्ह खडा भएको बताएका छन । यस्तै उद्योग व्यवसाय संचालन गर्न आवश्यक विद्युत नियमित आपूर्ति गर्नुपर्ने भन्ने माग राखेको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x