Date

आइत, बैशाख २३, २०८१
Sun, May 5, 2024

प्राइमलाइफ इन्स्योरेन्सको उपशाखा विस्तार

प्राइमलाइफ इन्स्योरेन्सको उपशाखा विस्तार

काठमाडौं, १५ चैत । प्राइमलाइफ इन्स्योरेन्स लिमिटेडले कास्कीको लेखनाथमा उपशाखा कार्यालय विस्तार गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज भट्टराईले सोमबार उक्त कार्यालयको उद्घाटन गरेका छन ।


कम्पनीका प्रडक्टप्रति सर्वसाधारणको बढ्दो चाप र बिमितको मागलाई सम्बोधन गर्न कम्पनीले लेखनाथमा कार्यालय खोलेको साथै सिइओ भट्टराईले कम्पनी आफ्ना प्रडक्ट र सेवालाई डिजिटलाइज गर्दै डिजिटल प्राइमलाइफ बन्ने लक्ष्यमा अघि बढिरहेको बताएका थिए । सिइओ भट्टराईले लेखनाथ कार्यालयलाई बिमा शुल्क उठाउनेमा मात्र सीमित नराखी बिमासम्बन्धी जागरण फैलाउने काममा पनि परिचालन गर्ने बताएका थिए ।

कार्यक्रमका विशिष्ट अतिथि लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले लेखनाथमा बिमा व्यवसाय विस्तार भएककोमा खुसी व्यक्त गरेका थिए ।
साथै कम्पनीको प्रमुख वित्तीय सूचकांकः यसप्रकार रहेको छ ।
चुक्ता पँजी २७८ करोड
जीवन बीमा कोष १६.६० करोड
हालसम्म आर्जन गरेको कूल बिमाशुल्क २,१७४ करोड
हालसम्म जारी गरेको कूल बिमालेख संख्या १,७५२,९८२

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x