Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

नेप्से १४.२६ अंकले ओरालो लाग्यो

नेप्से १४.२६ अंकले ओरालो लाग्यो

काठमाडौं, १५ चैत । यस साताको तेस्रो कारोबार दिन मंगलबार शेयरबजार ओरालोे लागेको छ । यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक १४.२६ अंकले घटेर २५२७.५८ अंकमा पुगेको छ ।


मंगलबार २२५ कम्पनीको ३८ लाख ९० हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब ७५ करोड ६ लाख २८ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको हो ।


ठुला कम्पनिको उपसूचक २.१५ अंकले घटेर ४७१.९३ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.४५ प्रतिशतले कम हो ।


१३ समुहका कम्पनीको उपसूचक मध्ये १२ समूहको कारोबार घटेको छ । भने यस दिन होटल तथा पर्यटन समूहको २५.५२ अंकले बढेर ३०८४.२० अंकमा पुगेको छ । जीवन बीमा कम्पनी समूहको सबै भन्दा बढी २१९.६३ अंकले घटेर १४२४२.८५ अंकमा पुगेको हो । यस्तै सबै भन्दा थोरै आपसी कोष समूहको ०.०४ अंकले घटेर १५.५० अंकमा पुगेको नेपाल स्टक एक्सचेन्जले सार्वजनीक गरेको विवरणमा छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x