Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

काठमाडौं महानगरपालिकाको मेयरमा सुरज बैद्य उठ्ने

काठमाडौं महानगरपालिकाको मेयरमा सुरज बैद्य उठ्ने

काठमाडौं, १५ चैत्र । व्यवसायी सुरज वैद्य पनि काठमाडौं महानगरपालिकाको मेयर उठ्ने तयारीमा लागेका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष समेत भइसकेका उनले आफू मेयर उठ्ने विचारमा रहेकोले छलफल तथा परामर्शमा रहेको जानकारी दिए । वैद्यले काठमाडौं ऐतिहासिक शहर भएकाले यहाँ ठूला पूर्वाधार विकाससँगै सम्पदाको संरक्षण गर्दै सबै व्यक्तिको आधारभूत अधिकारको प्रत्याभूति रहेको उल्लेख गरे । उनले हरेक महिलाले कुनै डरबीना हिंड्नसक्ने वातावरणको सुनिश्चितता गर्न सके पुग्ने बताए ।

बैद्यले आफू कुनै दलको झन्डा बोकेर नभई स्वतन्त्र ढंगले उम्मेदवारी दिन खोजेको बताए । वैद्यले भने, ‘मैले इण्डेपेन्डेन्ट लड्न खोजेको हो । कुराहरु भइरहेको छ । छलफल भइरहेको छ । केही विकास गरौं, केही गरौं भन्ने चाहना हो । त्यो सबैलाई हुन्छ नि होइन् र ? त्यो भएकोले इच्छा छ । तर नेपालमा हरेक कुरामा पार्टीको झण्डा चाहिने रैछ जनतालाई ।’

उनले काठमाडौंलाई सास फेर्ने मौका दिनु जरुरी रहेको बताए । काठमाडौं निकै फोहोर र दुर्गन्धित भएकोमा चिन्ता प्रकट गर्दै वैद्यले यसबाट यहाँका जनताले मुक्ति चाहेको बताए । उनले काठमाडौं सानो र ऐतिहासिक शहर भएको बताउँदै यसको सुन्दरतालाई कायम राख्नेगरी विकासको जरुरी रहेको बताए ।

वैद्यले यहाँको हरियाली नष्ट गर्दै अव्यवस्थितरुपमा क्रंक्रिट संरचनाहरु थप्ने मात्रै काम भएको बताउँदै काठमाडौंवासीको जीवन र संस्कृतिसँग जोडिएका यहाँका नदीहरुको फोहोर बनेकोमा पनि चिन्ता पोखे ।
व्यवसायी वैद्यले काठमाडौं एउटा पर्यटकीय स्थल भएकाले यसलाई पर्यटकीय स्थलकै रुपमा विकास गर्न सकिन्छ भन्दै यहाँको परम्परागत संस्कृति र सम्पदा जोगाउन सक्दा पनि पर्यटनको विकास हुने बताए । काठमाडौंको परम्परागत पहिचान जोगाउनु जरुरी रहेको उनको भनाई छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x