Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

बैंक अफ काठमाण्डूको विश्व वित्तीय सप्ताह २०२२ मा वित्तीय साक्षरता कार्यक्रम

बैंक अफ काठमाण्डूको विश्व वित्तीय सप्ताह २०२२ मा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं, १५ चैत । विश्व वित्तीय सप्ताह २०२२ को सन्दर्भ पारेर बैंक अफ काठमाण्डू लिमिटेडले मुलुकभर विभिन्न स्थानहरुमा ७ दिन (२१–२७ मार्च २०२२) वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम संचालन गरेको छ ।


बैंककोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले मुलुकभरका विभिन्न कलेज तथा स्कुलमा कक्षा ८ देखि कक्षा १२ सम्म अध्ययनरत विद्मार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम संचालन गरेको हो । उक्त कार्यक्रमले विद्मार्थीहरुको वित्तीय तथा बैंकिङ्ग साक्षरता सचेतना अभिबृद्धिमा सहयोग पुगेको विश्वास रहेको बैंकले बताइएको छ ।

हालसम्म बैंकले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै बैंकले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x