Date

सोम, असार २३, २०८२
Mon, July 7, 2025

डान्सिङ स्टार्स नेपालको भोटिङ पार्टनर खल्ती

डान्सिङ स्टार्स नेपालको भोटिङ पार्टनर खल्ती

काठमाडौं, १५ चैत १२ जना अनुभवी कोरियोग्राफरहरूको साथमा विभिन्न क्षेत्रका १२ सेलिब्रेटी प्रतियोगीहरू रहेको डान्सिङ स्टार्स नेपालले भोटिङ पार्टनरको रुपमा खल्ती डिजिटल वालेटसंग साझेदारी गरेको छ ।

नेपाली चलचित्र क्षेत्रका प्रख्यात कलाकार दिलीप रायमाझी, रेनिशा राई र गौरी मल्ल जजहरु को रुपमा रहेका उक्त सो १२ चैत देखि हिमालय टिभी एचडीमा हरेक शनिबार राति ८ः०० बजेबाट प्रसारण भएको र भोटिङ लाइन आगामी शुक्रबार अर्थात चैत १८ गतेबाट सुरु हुने बताइएको छ ।

लाखौं नेपालीहरूमा लुकेको प्रतिभा देखाउनेको साथै मनोरञ्जन प्रदान गर्ने प्लेटफर्मको रूपमा काम गर्ने यस प्रकारका रियालिटी शोहरूसँग साझेदारी गर्न पाउँदा उत्साहित रहेको प्रमुख कार्यकारी अधिकृत विनय खड्काले जानकारी दिएका छन । साथै खल्ती प्रयोगकर्ताहरूले आफ्नो मनपर्ने प्रतियोगीलाई साथ दिन भोटिङ सेवा प्रदान गर्न पाउँदा खुसी महशुस गरेका समेत बताएका छन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *