Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

तेस्रो त्रैमासिकमा २८ वाणिज्य बैंकहरुले कति कमाए ?

तेस्रो त्रैमासिकमा २८ वाणिज्य बैंकहरुले कति कमाए ?

काठमाडौं, १६ वैशाख । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको वित्तीय विवरणहरु सार्वजनिक हुने क्रममा रहेको छ । संचालनमा रहेका २८ वाणिज्य बैंकहरु मध्ये मेगा बैंक बाहेक अन्य २७ वाणिज्य बैंकहरुले आफ्नो वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । यद्यपी मेगा बैंकले प्रेस विज्ञप्तीमार्फत आफ्नो वित्तीय विवरण सार्वजनिक गरेको छ ।

समिक्षा अवधिमा २८ वाणिज्य बैंकहरु मध्ये सबैभन्दा बढि खुद मुनाफा आर्जन गर्ने बैंकमा सरकारी स्वमित्वको राष्ट्रिय वाणिज्य बैंक रहेको छ । राष्ट्रिय वाणिज्य बैंकले समिक्षा अवधिमा ३ अर्ब ८ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यस्तै निजी क्षेत्रबाट संचालित बैकहरु मध्ये नेपाल इन्भेष्टमेन्ट बैंकले सबैभन्दा बढि खुद मुनाफा आर्जन गरेको छ । बैंकले २ अर्ब ८३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकलाई पछ्छाउँदै नबिल बैंकले २ अर्ब ७९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोहि अवधिको तुलनमा पाँच वाणिज्य बैंकहरु ग्लोबल आइएमई, एनआईसी एसिया, नेपाल बंगलादेश बैंक , प्रभु र माछापुच्छ्रे बैंकको खुद मुनाफा आर्जनमा कमी आएको छ । अन्य २३ वटा वाणिज्य बैंकहरुको भने खुद मुनाफामा वृद्धि आएको छ । समिक्षा अवधिमा १५ वाणिज्य बैंकहरुको खुद मुनाफा आर्जन १ अर्ब रुपैयाँ भन्दा माथि रहेको छ ।

कुन बैंकले कति कमाए तालिका हेर्नुुस्ः

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x