लुम्बिनीको मायादेवी परिसरको खानेपानी स्थललाई एभरेष्ट बैंकले गर्याे व्यवस्थित

काठमाडौं, १६ बैशाख । एभरेष्ट बैंक लिमिटेडले लुम्बिनीको मायादेवी परिसरमा रहेको २ हजार लिटर क्षमताको शुद्घीकरण गरिएको खानेपानी स्थललाई व्यवस्थित गरि लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरेको छ ।

मायादेवी परीसरमा आयोजित कार्यत्रममा प्रमुख अतिथी पर्यटन संस्कृति तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीलाई बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले हस्तान्तरण गरे । कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष
लगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *