Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सडक विस्तारले नेपालका प्रसिद्ध ट्रेकिङ रुटको अस्तित्व मेटिदै

सडक विस्तारले नेपालका प्रसिद्ध ट्रेकिङ रुटको अस्तित्व मेटिदै

युवराज पन्त
काठमाडौं, १६ बैशाख । पछिल्लो समय सडक सञ्जालको विकास एवं विस्तार भएसगैं प्रसिद्ध ट्रेकिङ रुटहरु (पदमार्ग) को अस्तित्व मेटिन थालेको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अनुसार नेपालमा लामो तथा छोटो गरि करिब एक सयको हाराहारीमा ट्रेकिङ रुटहरु रहेका छन् ।

त्यसमा पनि अन्नपूर्ण, सगरमाथा, लाङटाङ, कंञ्चनजंगा, मनास्लु, मकालु जस्ता ट्रेकिङ रुट निकै प्रसिद्ध छन् । पछिल्लो समय रसुवाको तामाङ हेरिटेज, धादिङको रुपी भ्याली, गोर्खाको चुनभ्याली पनि पर्यटक माझ लोकप्रिय बन्दै गएका छन् । तर ति जिल्लाहरुमा सडक संजालको विस्तार भएसँगै यी रुटहरु छोटिएका छन् ।

त्यस्तै ट्रेकिङका लागि निकै रुचाईएको कास्कीको नयाँपुल–धान्द्रुक–घोरेपानी हुदैं जोमसोमसम्मको रुटमा पनि सडक विस्तारसगैं पदमार्ग नै विस्थापित भएको टानका अध्यक्ष नवराज दाहालले अर्थको अर्थलाई जानकारी दिए । शरद ऋतुमा भारत, चीन, अमेरिका, जर्मनी, फ्रान्स, बेलायत लगायतका देशका पर्यटकहरु पदयात्राका लागि नेपाल आउछन् । उनका अनुसार नेपालमा करिब १८ सयको हाराहारीमा ट्रेकिङ ब्यावसायी छन् भने लाखौ यस क्षेत्रमा रोजगारी पाएका छन् ।

ट्रेकिङ रुटलाई व्यवस्थित गर्न सडक विस्तारलाई वैकल्पिक मार्गको रुपमा विकास नगर्ने हो भने नेपालका पदमार्गहरु लोप हुने भन्दै उनले सरकारको ध्यानकार्षण गराए । सडक विस्तार गर्दा पदमार्गलाई नछुने गरि गर्नुपर्ने दाहालले बताए । पदयात्राका लागि वार्षिक लाखौ पर्यटकहरु नेपाल आउने गरेको भन्दै उनले टानले नयाँ–नयाँ पदमार्गको खोजी भइरहेको पनि जानकारी गारए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x