Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

मुलुकलाई आत्मनिर्भर बनाउन साना तथा मझौंला उद्योगको विकासमा जोड

मुलुकलाई आत्मनिर्भर बनाउन साना तथा मझौंला उद्योगको विकासमा जोड

काठमाडौं, १६ बैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले सरकारले मुलुकलाई आत्मनिर्भर बनाउन साना मझौंला तथा घरेलु उद्योगको विकासमा जोड दिएको बताएका छन् । आईतबार काठमाडौंमा आयोजित दक्षिण एसियाली साना तथा मझौला उद्यम फोरमको तेस्रो शिखर सम्मेलनमा उनले साना तथा घरेलु उद्योगमार्फत् उत्पादन बढाएर मुलुकमा विद्यमान व्यापार घाटालाई कम गर्ने योजना पनि अघि सारे ।

उनले आधुनिक प्रविधिको प्रयोग गर्दै साना तथा मझौला घरेलु उत्पादनको वृद्धि गर्न आफूहरु लागि पर्ने प्रतिवद्धता पनि मन्त्री यादवले व्यक्त गरे । नेपाललाई विकासशील राष्ट्र बनाउन पनि यहाँको साना तथा मझौंला उद्यमहरुको विकास गरेर अघि बढनुको विकल्प नरहेको पनि उनले बताए ।

दक्षिण एशीयाली राष्ट्रहरुको साना तथा मझौंला उद्योगहरुको विकासलाई सहज ढंगले अघि बढाउन आवश्यक कार्ययोजना तय गर्न शिखर सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा दक्षिण एशीयाली राष्ट्रका १ सय ५० जनाभन्दा बढि साना तथा मझौंला उद्यमीहरु सहभागी छन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x