Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

सेयर बजारमा ८ अंकको गिरावट

सेयर बजारमा ८ अंकको गिरावट

काठमाडौं, १६ बैशाख । पछिल्लो समय क्रमश ओरालो लगेको सेयर बजारमा आइतबार पनि गिरावट आएको छ । कारोबार अवधीभर घट्ने–बढ्ने क्रममा रहेको बजार अन्तमा ८.२१ अंकले घटेर १३४९ बिन्दुमा झरेर बन्द भयो ।

सो दिन बैंकिङ, हाइड्रोपावर, फाइनान्स, माइक्रोफाइनान्स र अन्य समूहको परिसूचक ओरालो लागेपछि व्यापार, होटल, विकास बैंक, इन्स्योरेन्स र उत्पादन तथा प्रशोधन समूहको परिसूचक भने उकालो लाग्यो ।

आज एक सय ६२ कम्पनीको ४० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा राष्ट्रिय बीमा कम्पनीको सबैभन्दा धेरै सेयर कारोबार भयो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x