Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

सिपिभिसि प्लस पाइपलाई नेपाल गुणस्तर चिन्ह

सिपिभिसि प्लस पाइपलाई नेपाल गुणस्तर चिन्ह

काठमाडौँ, १७ चैत । नेपालको सी.पी.भी.सी पाइप उत्पादक र निर्यातकर्ता मङ्गलम इण्डस्ट्रिज बाट उत्पादित सीपीभीसी प्लस पाइपले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ । यसका एस्डिआर ११ (१५ र ५० मिमि) र एस्डिआर १३.५ (२० र ५० मिमि) लाई नेपाल गुणस्तर चिन्ह ५७० प्रदान गरिएको हो ।


गुणस्तर तथा नापतौल बिभागले विभिन्न नेपाली उत्पादनहरुलाई गुणस्तरको मानकको रुपमा यो चिन्ह प्रदान गर्दै आएको छ । नेपाल गुणस्तर चिन्ह अन्तराष्ट्रिय मान्यता प्राप्त छ र यो चिन्ह पाएका उत्पादनहरु गुणस्तरीय र नेपाली बजारमा बिक्रि योग्य मानिन्छन् ।


सी.पी.भी.सी प्लसले नेपाल गुणस्तर चिन्ह पाएको जानकारी गराउन पाउँदा उत्साहित भएको र यसलाई कम्पनीको उल्लेखनीय उपलब्धि मानिएको मंगलम इण्डस्ट्रिजका उपाध्यक्ष प्रदिप शुक्लाले बताएका छन ।


नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको मंगलम् इन्डस्ट्रिजले निर्माण कार्यमा आवश्यक पाइप्स र फिटिङ्सहरु नेपालमै उत्पादन गर्दै आइरहेको साथै हरेक उत्पादनहरु उच्च गुणस्तरीय जापानीज कच्चा पदार्थबाट अत्याधुनिक प्रविधिको प्रयोग गरी बनाइने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x