Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

स्थानीय तह निर्वाचनका लागि नमूना मतपत्र छप्न सुरू

स्थानीय तह निर्वाचनका लागि नमूना मतपत्र छप्न सुरू

काठमाडौं, १८ चैत । जनक शिक्षा सामग्री केन्द्रले स्थानीय तह निर्वाचनका लागि नमूना मतपत्र छाप्न सुरु गरेको छ । केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यले नेपाली सेनाको निगरामीमा हिजोबाट मतपत्र छपाई सुरु भएको जानकारी दिए ।

सू्चना अधिकारी अर्चायले अहिले केन्द्र सेनाको नियन्त्रणमा रहेको छ । साथै, मतपत्र छपाई स्थलमा कर्नेलको नेतृत्वमा १२० जनाभन्दा बढी सेनाले सुरक्षा दिएको र थप आउने क्रममा रहेको बताए ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि करिब दुई करोड मतपत्र छापिने छन् । आयोगले दुर्गम क्षेत्रमा समयमै मतपत्र पठाउन मतदान हुनुभन्दा १५ दिनअघि नै मतपत्र छपाइ कार्य सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x