Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

सार्वजनिक यातायातको भाडा १० देखि १५ प्रतिशतसम्म बढ्ने

सार्वजनिक यातायातको भाडा १० देखि १५ प्रतिशतसम्म बढ्ने

काठमाडौं, १८ चैत । सरकारले यात्रुवाहक तथा मालवाहक सवारीसाधनको भाडा बढाउने निर्णय गरेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले व्यवसायीको माग सम्बोधन गर्दै यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा १० देखि १५ प्रतिशतसम्म बढाउने निर्णय गरेको हो।

पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि भएपछि व्यवासायीले भाडा बढाउन माग गर्दै सरकारलाई ‘अल्टिमेटम’ दिएका थिए। उक्त ‘अल्टिमेटम’ भित्र सरकारले भाडा नबढाए आफैं भाडादर कायम गर्ने उनीहरुको चेतावनी थियो ।

यात्रुवाहक सार्वजनिक सवारीसाधनमा १० प्रतिशत, पहाडमा चल्ने ढुवानी ट्रकको १३ प्रतिशत र तराईमा चल्ने ढुवानी ट्रकको १५ प्रतिशत भाडा वृद्धि गर्ने निर्णय भएको हो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x