Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

आगामी बर्षको बजेटमा सुझाव दिन मनलाग्यो ११३८ मा फोन गर्नुस्

आगामी बर्षको बजेटमा सुझाव दिन मनलाग्यो ११३८ मा फोन गर्नुस्

काठमाडौं, १८ चैत । अर्थ मन्त्रालय यतिबेला आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा छ । निजि क्षेत्र, विज्ञ, सरोकारवाला र अन्तरमन्त्रालयबीच छलफल चलाइरहेको छ ।

यसैक्रममा मन्त्रालयले बजेटका लागि सुझाव संकलन गर्न टोल फ्रि नम्बर ११३८ सञ्चालनमा ल्याएको छ ।

मन्त्रालयले बिषयगत छलफलमा बोलाइने विज्ञ र सरोकारवाला क्षेत्रका प्रतिनिधि बाहेक दूरदराजका सर्वसाधारणको सुझावसमेत संकलन गरी बजेटमा सम्बोधन गर्ने प्रयासका लागि टोल फ्रि नम्बर ११३८ सञ्चालनमा ल्याएको हो ।

बजेट तथा कार्यक्रमलाई थप प्रभावकारी र कार्यान्वयनयोग्य बनाउन उद्योगी, व्यवसायी, बुद्धिजिवी, राजनीतिज्ञ, समाजसेवी, पेशाकर्मी, सञ्चारकर्मी, आम नागरिक एवं सरोकार राख्ने सबैको सुझाव महत्वपूर्ण हुने भएकाले बजेटमा सम्बोधन गर्नुपर्ने सान्दर्भिक विषयवस्तुहरु चैत मसान्त भित्र लिखित वा मौखिक (टेलिफोन) रुपमा उपलब्ध गराउन सक्ने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x