Date

बिहि, असार २६, २०८२
Thu, July 10, 2025

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई होटल आदिम पोखरामा २० प्रतिशत छुट

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई होटल आदिम पोखरामा २० प्रतिशत छुट


काठमाडौं, चैत २० । बैंक अफ काठमाण्डू लिमिटेड र होटल आदिम पोखरा बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई २० प्रीतशत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।


यस सम्झौता पश्चात् ग्राहकहरुले होटेल आदिम पोखरामा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ २० प्रतिशत छुट पाउने भएका छन । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । होटल आदिमले सेन्टर पोइन्ट, लेकसाइड, पोखराबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको बताएको छ ।


हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *