Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बीमा कम्पनीमा दुई कार्यकाल भन्दा बढी सञ्चालक बन्न नपाइने

बीमा कम्पनीमा दुई कार्यकाल भन्दा बढी सञ्चालक बन्न नपाइने

काठमाडौं, २१ चैत । बीमा कम्पनीहरुमा लगातार दुई कार्यकाल भन्दा बढी सञ्चालक बन्न नपाइने भएको छ । बीमा समितिले बीमक कम्पनीहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिक संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

संशागत सुशासन बलियो बनाउन निर्देशिकामा संशोधन गरिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । यो व्यवस्थाले बीमा कम्पनीहरुमा अझ धेरै पारदर्शीता हुने उनको विश्वास छ ।

नयाँ व्यवस्थाअनुसार अध्यक्षको एक कार्यकाल ४ वर्षको हुनेछ । एउटा व्यक्ति बढीमा दुईपटकसम्म मात्र अध्यक्ष बन्न पाउनेछ । यो व्यवस्था सञ्चालक समिति सदस्यको हकमा पनि लागू हुने समितिले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x