नेप्से १५.९४ अंकले ओरालो लाग्यो
काठमाडौं, २१ चैत । यस साताको दोस्रो कारोबार दिन सोमबार शेयरबजार ओरालोे लागेको छ ।
यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक १५.९४ अंकले घटेर २४९७.४७ अंकमा पुगेको छ ।
सोमबार २२६ कम्पनीको ३४ लाख २९ हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब ५८ करोड ४६ लाख ७१ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको हो । ठुला कम्पनिको उपसूचक २.४७ अंकले घटेर ४६६.५५ अंकमा पुगेको छ । यो आइतबारको तुलनामा ०.५३ प्रतिशतले कम हो ।
१३ समुहका कम्पनीको उपसूचक मध्ये सबै समूहको कारोबार घटेको छ । भने यस दिन र्निजिवन विमा समूहको सबै भन्दा धेरै १९९.४६ अंकले घटेर ११८७४.५९ अंकमा पुगेको छ ।