Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको भाउ

आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको भाउ

काठमाडौं, २३ चैत । नेपाल आयल निगमले मंगलबार राति पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा प्रति लिटर ५ रुपैयाँ बढेको हो ।

नयाँ मूल्य अनुसार अब पेट्रोलको भाउ प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ ।

निगमले खाना पकाउने ग्यासको मूल्य समेत बढाएको छ । यस अघि १५ सय ७५ रुपैयाँ रहेको खाना पकाउने ग्यास अब प्रति सिलिण्डर १६ सय रुपैयाँ पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x