Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सिएमएसले ग¥यो ४० महिला प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण

सिएमएसले ग¥यो  ४० महिला प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौं , २५ चैत । कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (सिएमएस) पूर्वी नवलपरासीका महिला प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । सामुदायिक प्रहरी साझेदारी अन्तर्गत इलाका प्रहरी कार्यलय गैंडाकोटमा ४० जना महिला प्रहरीको स्वास्थ्य परीक्षण गरिएको हो ।
सामुदायिक सेवा केन्द्र गैंडाकोट, सामुदायिक प्रहरी सेवा केन्द्र तथा ईलाका प्रहरी कार्यालय गैंडाकोटको आयोजना र पुरानो मेडिकल कलेजको प्राविधिक सहयोगमा एक दिने स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा नवलपुर क्षेत्रमा कार्यरत ४० जना महिला प्रहरी कर्मचारी र प्रहरी परिवारको स्वास्थ्य परीक्षण गरिएको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि प्रहरी उपरीक्षक प्रज्ज्वल मानन्धरले सधैं ड्युटीमा खटिनु पर्ने, समयमा खाना र खाजा समेत खान नपाउने महिला प्रहरीले कार्यालयमै स्वास्थ्य सेवा पाउनु खुशीको कुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो “प्रहरीलाई आराम गर्ने समयमा पनि हुँदैन, समय–समयमा आफ्नो स्वास्थ्य जाँच गराउन पनि पाउनु हुन्न, तर आज कार्यालयमै सेवा पाउनु खुशीको विषय हो ।” उहाँले यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्ने समेत बताउनुभएको थियो ।
सो अवसरमा पुरानो मेडिकल कलेजका वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. शुभ श्रेष्ठ, रेडियोलोजिस्ट डा. अनिश आचार्य, डा. सुस्मिता देवकोटा लगायतले विशेषज्ञ सेवा प्रदान गर्नुभयो । अस्पतालले प्रहरी कार्यालयमै निःशुल्क भिडियो एक्सरे, पाठेघरको मुखको क्यान्सरको जाँच सुगर जाँच गराएको थियो ।
अस्पतालका जनसम्पर्क विभाग प्रमुख दुर्गाप्रसाद न्यौपाने अस्पतालले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा रहेका सम्पूर्ण पक्षलाई समेटी स्वास्थ्य सम्बन्धी विविध कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । उहाँले आगामी दिनमा अस्पतालको गुणस्तरीय सेवालाई सबै सेवाग्राहीको पहुँचमा पु¥याउँदै सामाजिक कार्यहरुलाई अझै प्रभावकारी ढंगले अघि बढाउने बताउनुभएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x