Date

बुध, कार्तिक १४, २०८१
Wed, October 30, 2024

कागती १२५% ले महंगो

कागती १२५% ले महंगो

काठमाण्डौं, २६ चैत्र । पेट्रोलिपदार्थको मूल्यले उपभोक्ता ढाड सकिरहेकै बेला नेपालमा कागतीको मूल्यमा अत्याधिक महंगो भएको छ ।

गर्मीयामको सुरुआतसँगै कागतीको खपत बढ्ने गर्छ । यही बेला कागतीको मूल्य ह्वात्तै बढ्दा उपभोक्ता मर्कामा परेका छन् ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार पछिल्लो १ महिनाको अवधिमा कागतीको थोक मूल्यमा १२५ प्रतिशतले महंगो भएको हो । शनिबार कागतीको थोक मूल्य प्रतिकेजी ४२५ रुपैयाँ रहेको छ । एक महिना अगाडि कागतीको थोक मूल्य प्रतिकेजी १९० रुपैयाँ मात्रै रहेको कालिमाटी तरकारी बजारले जनाएको छ ।

कागतीको थोक मूल्यमा मूल्य नै ४२५ पुगेको अवस्थामा खुद्रा मूल्य त्योभन्दा धेरै नै हुने गरेको छ ।

देशभित्रकै उत्पादनले नपुग्ने भएकोले कागती पनि भारतबाट ठूलो परिमाणमा आयात हुने गरेको छ । भारतमा कागती भाउ बढेकोले नेपालमा त्यसको प्रत्यक्ष असर परेको व्यापारीहरु बताउँछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x