Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

अर्थव्यवस्था जोखिम अवस्थामा रहेकोले हस्तक्षेप गरेनौं भने देश श्रीलंका हुन सक्छ :- पूर्व अर्थमन्त्री विष्णु पौडेल

अर्थव्यवस्था जोखिम अवस्थामा रहेकोले हस्तक्षेप गरेनौं भने देश श्रीलंका हुन सक्छ :- पूर्व अर्थमन्त्री विष्णु पौडेल


काठमाडौं, २७ चैत । नेकपा एमालेका उपाध्यक्ष एवम पूर्व अर्थमन्त्री विष्णु पौडेलले देशको अर्थ व्यवस्था जोखिम अवस्थामा रहेको बताएका छन्। सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाल श्रीलंकाको बाटोमा रहेको बताएका हुन ।


मुलुकको अर्थव्यवस्था जोखिम अवस्थामा रहेकोले सार्थक हस्तक्षेप गरेनौं भने श्रीलंका हुनबाट कसैले रोक्न नसक्ने बताएका छन । संकट उन्मुख अवस्थाबाट बाहिर निकाल्न काम नगर्ने तर दाबी श्रीलंकाबाट हुनबाट जोगाउने छु भन्ने छ,’ उनले भने।

पौडेलले गभर्नर अधिकारीलाई निलम्बन गरिएकोमा पनि आपत्ति जनाएका थिए । सरकारका गलत कामको साथ नदिएका कारण अधिकारीलाई हटाइएको उनले बताएका थियो । निलम्बित गभर्नर अधिकारीलाई पुनस् बहाल गर्न माग गर्दै उनलाई पुनस् बहाल नगरिए देशको आर्थिक अवस्था थप संकटपूर्ण हुने बताएका थिए ।


राष्ट्र बैंकलाई मन्त्रालयको अंगको रूपमा चलाउन कोसिस गरिएको र सरकारले मौद्रिक नीति ल्याउनका लागि गभर्नरलाई ल्याउन नदिन हस्तक्षेप गरेको बताएका थिए । ओलीको सरकारले ७ प्रतिशत आर्थिक वृद्धि हासिल गरेको थियो तर अहिले ३ प्रतिशतको प्रक्षेपण गरिएको छ । नेपालको अर्थतन्त्र गम्भीर अवस्थामा पुग्ने संकेतहरु देखिएका छन पौडेलले भने । एमालेले सरकार छाडनेबेलामा सबल र सुदृढ छोडेको थियो । कोभिडको सामना गरेर पनि मुलुकको आर्थिक अवस्थामा प्रभाव नपरेको समेत बताएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x