Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

हिमाल सरसफाई अभियान २०२२ मा कोका–कोलाको साथ

हिमाल सरसफाई अभियान २०२२ मा कोका–कोलाको साथ

काठमाडौँ, २८ चैत । नेपाली सेना र रोटरी क्लब अफ नागार्जुनको संयुक्त नेतृत्वमा “हिमाल बचाउने प्रयासः हाम्रो हिमाल, हाम्रो जिम्मेवारी“ नारा सहित आयोजना भइरहेको हिमाल सरसफाई अभियानमा कोका–कोला फाउन्डेसनले सहकार्य गर्ने भएको छ । अन्य थुप्रै सरोकारवाला निकायहरुको पनि सहभागिता रहेको यस अभियानमा दि कोका–कोला फाऊन्डेसन प्रमुख कर्पोरेट साझेदार हो ।

यो अभियान थालनी भएको तेश्रो बर्ष भयो । यो अभियान अहिलेसम्मको विश्वकै सबैभन्दा ठूलो हिमाल सरसफाई अभियान हो । पर्वतारोहीहरुले छोडेको फोहोर र हिमालमा जम्मा भएको वातावरणीय प्रदुषणलाई सफा गरेर हिमालको पवित्रता जोगाउने यो अभियानको उद्धेश्य रहेको बताइएको । सगरमाथा, लोत्से, मनास्लु हिमाल र कञ्चनजंघा गरी ८,००० मिटर भन्दा अग्ला हिमालहरु सरसफाई गर्ने यो कार्यक्रममा कोका–कोला सहित थुप्रै सरोकारवाला निकायहरु पनि सहभागि छन् । चैत्र २२ देखी जेष्ठ ५ सम्म सञ्चालन हुने यो अभियानमा करिब ३५ हजार किलो फोहोर संकलन हुने अनुमान गरिएको बताइएको छ । संकलन भएका सबै फोहोरहरु उचित व्यवस्थापनको लागि रि–साइक्लिङ पार्ट्नरहरुलाई हस्तान्तरण गरिने र प्रतिकुल मौसम र हाइ अल्टिच्युडमा कठिन काम गर्नुपर्ने हुनाले यो अभियानमा संलग्न हुने टोलीलाई विगत केही महिनादेखि विशेष तालिम प्रदान गरिएको बताइएको छ ।

हिमालहरु हाम्रा राष्ट्रिय गौरव हुन् र हाम्रो यस हिमाल सरसफाई अभियानको नारा “हिमाल बचाउने प्रयास; हाम्रो हिमाल, हाम्रो जिम्मेवारी” अनुसार समुदाय र भावी पुस्ताको लागि हिमालहरुको संरक्षण र सरसफाई गर्ने कर्तव्य हाम्रो रहेको हिमाल सरसफाई अभियानका क्याम्पेन डिरेक्टरले बताएका छन । हिमालहरुमा बढ्दै गरहेको फोहोरको बारेमा जनचेतना जगाउनको लागि पनि हामीले स्थानीय समुदाय र अन्य सरोकारवाला निकायहरुसँग मिलेर काम गरीरहेको समेत बताएका छन ।

कोका–कोलाले यो अभियानमा संलग्न सदस्यहरुलाई हाइड्रेसन र रिफ्रेसमेन्टको लागि पेय पदार्थहरु पनि उपलब्ध गराएको कोका–कोला फाउन्डेसनका अध्यक्ष साडिया माड्सब्जर्गले बताएका छन । उनले सो कार्यमा संलग्न सम्पूर्णमा सफलताको शुभकामना समेत दिएका छन ।

नेपाली सेनाको नेतृत्वमा विभिन्न सरोकारवालाहरूसँगको सहकार्यमा सन् २०१९ मा पहिलो पटक आयोजना गरिएको यस हिमाल सरसफाई अभियानमा १०,५८६ किलो फोहोर सङ्कलन भएको थियो । सोही प्रयासलाई निरन्तरता दिँदै २०२१ मा पनि अभियानको दोस्रो संस्करण सञ्चालन गरिएको थियो जसमा ६ वटा हिमालबाट २७, ६७१ किलो फोहोर निकालिएको थियो । हिमालबाट संकलन हुने यस्ता फोहोरहरुमा अक्सिजन क्यानिस्टर, टेन्ट, खानेकुराका कन्टेनरहरु, प्लास्टिक र इलेक्ट्रोनिक फोहोर आदि पर्दछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x